२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेको ३ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरिएको छ।
क्यापिटल सञ्चालक समितिको मंगलबार अपराह्न बसेको बैठकले लक्ष्मी उन्नति कोष, सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज फोकस्ड इक्विटी फन्डका इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
क्यापिटलले उक्त आर्थिक वर्षको मुनाफाबाट करसहित इकाइधनीहरुलाई लक्ष्मी उन्नति कोषमा २० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डमा १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डमा १३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij