Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

३० भन्दा बढी स्थानीय तह ‘बजेटविहीन’, अनुगमनका लागि सहसचिव नेतृत्वको ३ टोली फिल्डमा

३० भन्दा बढी स्थानीय तह ‘बजेटविहीन’, अनुगमनका लागि सहसचिव नेतृत्वको ३ टोली फिल्डमा


  • 2.1K
    Shares

    ३० भन्दा बढी स्थानीय तह ‘बजेटविहीन’, अनुगमनका लागि सहसचिव नेतृत्वको ३ टोली फिल्डमा
    images

    काठमाडौं ।  समयमै आर्थिक वर्ष २०८२\८३ को बजेट पारित नगरेका स्थानीय तहको समस्या बुझ्न तीन वटा अनुगमन टोली खटाउने भएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारित समयमा आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय तहको समस्या समाधानका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन टोली परिचालन गर्ने भएको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले सहसचिवहरु कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्र सिंह तामाङको नेतृत्वमा २१ साउनदेखि टोली परिचालन गर्न लागेको छ ।

    टोलीमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधि रहने छन् ।

    सो टोलीले स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नसक्नुका कारण पत्ता लगाउने र त्यसबाट सिर्जना भएका समस्या समाधानको पहल गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बताइन् ।

    मन्त्रालयका अनुसार असार १०  भित्र बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गर्ने स्थानीय तहको संख्या ३० भन्दा बढी रहेको छ ।

     

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १२:३३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij