२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेको दुईवटा म्युचुअल फन्डको आकर्षक लाभांश घोषणा गरेको छ।
सञ्चालक समितिको बैठकले ‘लक्ष्मी भ्यालु फन्ड-२’ र ‘सनराइज ब्लुचिप फन्ड’का इकाइधनीलाई आर्थिक वर्ष २०८१\८२ का लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
जसअनुसार लक्ष्मी भ्यालु फन्ड-२का इकाइधनीलाई १५ प्रतिशत र सनराइज ब्लुचिप फन्डका इकाइधनीलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
दुवै योजनाको लाभांश वितरण प्रयोजनार्थ क्यापिटले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने साउन २६ गतेभन्दा अघिसम्म कायम इकाइधनीले यी दुवै योजनाको लाभांश पाउन योग्य हुने छन्।
क्यापिटलले हितग्राही खातामा बैंक खाता अद्यावधिक भएका इकाइधनीलाई सोही बैंक खातामा प्रतिफलबापतको रकम जम्मा गरिने जानकारी दिएको छ । त्यसकारण आफ्ना हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न क्यापिटलले इकाइधनीहरुलाई आग्रह गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij