२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको चौंथो त्रैमासिक वित्तीय विवरवण सार्वजनिक गरेको छ ।
कम्पनीले उल्लेख्य आम्दानी वृद्धि गर्दै नोक्सानीबाट नाफामा फर्किएको छ। सार्वजनिक गरेको वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानीको तीव्र वृद्धिका कारण कम्पनीले १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
अघिल्लो आर्थिक वर्ष ६ करोड ९२ लाख घाटामा रहेको कम्पनी यस वर्ष ७२७.९१ प्रतिशत विद्युत बिक्री आम्दानी वृद्धि गर्दै ६७ करोड ७१ लाख रुपैयाँ आम्दानीमा पुगेको छ। कम्पनीको सञ्चालन आम्दानी ७६०.६५ प्रतिशत र अन्य आम्दानी ९२०.४६ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात ५५.७५ गुणा रहेको देखिन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij