Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

गोरखामा जडीबुटीबाट २० लाख राजस्व सङ्कलन

गोरखामा जडीबुटीबाट २० लाख राजस्व सङ्कलन


  • 1.4K
    Shares

    गोरखामा जडीबुटीबाट २० लाख राजस्व सङ्कलन
    images

    काठमाडौं । जडीबुटी सङ्कलनबाट गोरखामा गत आर्थिक वर्षमा २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ । 

    गत आव विभिन्न गाउँपालिकामा सङ्कलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन् । 

    मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी सङ्कलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले १२ लाख ७० हजार ४१९ राजस्व सङ्कलन भएको जनाएको छ । गत आव ३४.१९ केजी यार्सागुम्बाबाट  १० लाख ८९ हजार ८९० राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख सन्तोष शेरचनले बताए । 

    मनास्लु क्षेत्रमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतोलगायत जडीबुटीबाट राजस्व सङ्कलन गरिएको हो ।

    गत आव मनासलु क्षेत्रबाहेकका अन्य वनक्षेत्रबाट सङ्कलित ३५ हजार ५८२ केजी जडीबुटीबाट डिभिजन वन कार्यालयले सात लाख ४५ हजार ९८५ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सबैभन्दा धेरै जटामसीबाट रु तीन लाख ५६ हजार २५० सङ्कलन गरेको छ ।

     

     
     

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - ११:३६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij