Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

राजनीति

आजदेखि माओवादी स्थायी समिति बैठक सुरु हुँदै, ३ दिनमा बैठक सक्ने तयारी

आजदेखि माओवादी स्थायी समिति बैठक सुरु हुँदै, ३ दिनमा बैठक सक्ने तयारी


  • 1.1K
    Shares

    आजदेखि माओवादी स्थायी समिति बैठक सुरु हुँदै, ३ दिनमा बैठक सक्ने तयारी
    images

    काठमाडौं ।  माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुँदैछ। शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएकासहित ७ एजेन्डामाथि छलफल गर्ने कार्यसूची छ। 

    ‘बैठकमा एकजनालाई १० मिनेट बोल्न दिने तयारी छ,’ माओवादी उपमहासचिव हरिबोल गजुरेलले भने, ‘चाहेकाजति सबैलाई बोल्न दिएर तीन दिनमा बैठक सक्ने तयारी छ।’ 

    बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्नेछन्। त्यसैगरि मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिने, नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकताका विषयसँगै केन्द्रीय समितिको मिति तय गर्नेलगायतका एजेण्डामाथि पनि बैठकमा छलफल हुनेछ। 

    यसअघि गएको बुधबार माओवादीको पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलहरूसँग एकताका लागि पहल भइरहेको बताएका थिए। 

    पछिल्लो समय माओवादीमा जनार्दन शर्मासहितका नेताले अध्यक्ष  प्रचण्डको कार्यशैलीको आलोचना गर्दै नेतृत्व परिवर्तनको विषय उठाउन थालेका छन्। 

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - १०:४८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij