Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अपडेट

बागमती विवादमा : प्रमुख देवकोटा अस्वस्थ नवनियुक्त ३ मन्त्रीको शपथ स्थगित

बागमती विवादमा : प्रमुख देवकोटा अस्वस्थ नवनियुक्त ३ मन्त्रीको शपथ स्थगित


  • 918
    Shares

    बागमती विवादमा : प्रमुख देवकोटा अस्वस्थ नवनियुक्त ३ मन्त्रीको शपथ स्थगित


    काठमाडौं । बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूको आजका लागि तय गरिएको शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिए अनुसार दिउसो १ बजे तोकिएको शपथ समारोह स्थगित गरिएको हो ।

    प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकोले उपचारको लागि काठमाडौं जानुपरेकाले शपथ ग्रहण कार्यक्रम रोकिएको हो ।

    सोही कारण आजको समारोहमा उपस्थित हुन नसक्ने भएकाले शपथ ग्रहण कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ । 

    प्रदेश प्रमुख देवकोटा उपचारका लागि काठमाडौँ प्रस्थान गरिसकेको प्रदेश प्रमुखका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए । 

    प्रकाशित मिति :श्रावण १५ २०८२ बिहिवार - ०९:२८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij