Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

बलात्कारको आरोपमा पक्राउ परेका मधेसका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउन आदेश

बलात्कारको आरोपमा पक्राउ परेका मधेसका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउन आदेश


  • 2.2K
    Shares

    बलात्कारको आरोपमा पक्राउ परेका मधेसका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउन आदेश

    मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झा पुर्पक्षका लागि कारागार चलान भएका छन्। न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको हो।

    रौतहटको गढीमाई नगरपालिका-४ का ४६ वर्षीय झाविरुद्ध एक युवतीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। १० दिन पहिले बानेश्वरबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। 

    ती युवतीले २०८१ जेठ ४ गते काठमाडौँको बानेश्वरस्थित आफ्नो कोठामै आएर अहिराजले जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। केही वर्ष पहिले नै परिवारिक रुपमै उनीहरुको चिनजान रहेको खुलेको छ। पटक-पटक आउजाउ भएको पनि पाइएको छ। 

    तर त्यस दिन दिउँसो १२ बजेतिर अहिराजले आफूलाई धाकधम्की दिएर जबर्जस्ती करणी गरेको जाहेरवाला युवतीको आरोप छ। तर ती युवतीले आफूलाई पटक पटक ब्ल्याकमेलिङ गरेको आरोप लगाउँदै अहिराजले तीन लाख रुपैयाँ ती युवतीलाई दिइसकेको बयान दिएका छन्।

    युवतीले आफूसँग पहिले विदेश जानका लागि भन्दै २० लाख रुपैयाँ माग गरेको तर पछि विदेश नगए पनि रकम दिनु भन्दै माग गरेकाले ३ लाख रुपैयाँ दिएको उनको बयान छ। २०८१ भदौ २३ गते ३ लाख रुपैयाँ दिएको उनको दाबी छ।

    उनले ती युवतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमै आपराधिक लाभ (हनी ट्रयाप) को आरोपमा २०८१ मंसिर ७ गते जाहेरी दिएका थिए।

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १८:३७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij