२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ।
बुधबार काठमाडौंमा बसेको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो। अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा भने नाउपाले छलफल गरिरहेको बताइएको छ।
घुसकाण्डमा मुछिएसँगै सञ्जिता विवादमा तानिएकी थिइन्। उनले पोखराका शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएपछि पार्टीभित्र विरोध भएको थियो।
नाउपाका संरक्षक तथा उनका पति रेशम चौधरीले अब उनलाई अध्यक्षबाट हटाएर बुवा लालबीर चौधरीलाई पार्टीको नेतृत्व जिम्मा लगाउने तयारी गरेका छन् । रेशमले केन्द्रीय समिति बैठक फेस नगरी आफूखुसी कार्यवाहक अध्यक्ष तोक्दै हिँडेको भन्दै रञ्जितालाई हटाएका छन् ।
रञ्जिताले आफूखुसी गरेको भन्दै रिसाएका रेशमले अब पार्टीमा पनि सम्बन्ध तोड्ने अवस्थामा पुगेका छन् । अर्की श्रीमतीसँग रहँदै आएका रेशमले रञ्जितालाई पार्टी नेतृत्वबाटै किनारा लगाउने निर्णय लिएका हुन् ।
नागरिक पहिलो चुनावबाटै आश्चर्यजनक रुपमा उदाएको थियो । उसले प्रतिनिधिसभामा चार सिट जितेको थियो । उता सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा पनि नाउपाले प्रतिनिधित्व गर्छ।
रेशमले कारबाही गरेपछि अब रञ्जिता पक्षधरले पनि आफ्नो निर्णय लिन सक्नेछ । यसलाई लिएर रञ्जिताले असन्तुष्टि जनाइसकेकी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij