Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

समाचार

मधेश प्रदेशका पूर्व प्रमुख अहिराजले बलात्कार पीडित युवतीविरुद्ध नै हाले मुद्दा

मधेश प्रदेशका पूर्व प्रमुख अहिराजले बलात्कार पीडित युवतीविरुद्ध नै हाले मुद्दा


  • 1.8K
    Shares

    मधेश प्रदेशका पूर्व प्रमुख अहिराजले बलात्कार पीडित युवतीविरुद्ध नै हाले मुद्दा

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाले आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध नै मुद्दा दायर गरेका छन् । बलात्कारको आरोपमा पक्राउ परेका अहिराजले बुधबार काठमाडौं जिल्ला अदालतमा बलात्कारको जाहेरी दिने युवतीविरुद्ध नै मुद्दा दायर गरेका हुन् ।

    अहिराजबाट पीडित भएकी युवतीविरुद्ध अहिराजकै जाहेरीका आधारमा आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको सर्वोच्च अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले  जानकारी दिए । उनका अनुसार धम्क्याउँदै २० लाख मागेको र नदिएपछि सामाजिक रुपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्म धम्की दिँदै रकम लिएको दाबी गर्दै अहिराजले मुद्दा दायर गरेका हुन् ।

    सुरुमा २० लाख माग गरेकोमा आफूले नगदै तीन लाख रुपैयाँ दिएको दर्ता भएको अहिराजले दायर गरेको मुद्दामा उल्लेख छ । बलात्कार पीडित युवतीले जाहेरी दिएपछि जिल्ला अदालतमा मुद्दा दायर भएको दोस्रो दिन अहिराजले पनि ती युवतीविरुद्ध आपराधिक लाभको जाहेरी दर्ता गराएका हुन् ।

    काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको पीडित युवतीको आरोप लगाउदैँ मुद्दा दायर भएको थियो । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको पीडितको दायर गरेको मुद्दामा उल्लेख छ ।

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १६:२४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij