Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

खीर खाने दिन नेपालमा ८० लाख लिटर दूध खपत हुने अनुमान

खीर खाने दिन नेपालमा ८० लाख लिटर दूध खपत हुने अनुमान


  • 1.8K
    Shares

    खीर खाने दिन नेपालमा ८० लाख लिटर दूध खपत हुने अनुमान

    काठमाडौं । भोलि साउन १५ अर्थात् खीर खाने दिन नेपालमा ८० लाख लिटर दूध खपत हुने अनुमान भएको छ ।

    नेपाल डेरी एसोसिएसनका अनुसार भोलि देशभर करिब ८० लाख लिटर दूध खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको हो । 

    राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउने निर्णय गरेको थियो ।  

    पोषणविद्हरूका अनुसार मानव स्वास्थ्य र खीरको सम्बन्ध पनि अत्यन्तै महत्त्वपूर्ण रहेको छ । खीर केवल स्वादका लागि मात्र होइन, स्वास्थ्य लाभका लागि पनि उल्लेखनीय छ । 

    पोषणको खानी दूध र चामलमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, भिटामिन बी–कम्प्लेक्स पाइन्छ । 

    हड्डी र दाँत मजबुत बनाउन क्याल्सियम र भिटामिन डीको कारण शरीरलाई बलियो बनाउँछ । सहज पाचन हुने हुँदा खीर सजिलै पच्ने र पेटलाई आराम दिने परिकार हो ।

     

     

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १५:१७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij