Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको १३ औं संस्करण हुने

नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको १३ औं संस्करण हुने


  • 911
    Shares

    नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको १३ औं संस्करण हुने

    काठमाडौं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको १३ औं संस्करण हुने भएको छ । 

    वास्तुकला (आर्किटेक्चर) विभागले बुधबार प्रतियोगितामा भाग लिनका लागि आर्किटेक्चर २०२० ब्याचका विद्यार्थीहरूलाई आब्हान गरेको छ ।

    प्रतियोगितामा भाग लिन चाहने आर्किटेक्चर २०२० ब्याचका विद्यार्थीहरूलाई यो वर्षको अवधारणा र कार्यादेश समेत दिइएको छ । कार्यादेश अनुसार विद्यार्थीहरूले अगस्ट अन्तिम भित्र अवधारणा प्रस्तुत गर्नेछन् । 

    ‘विद्यार्थीहरूलाई १३ औं संस्करणको एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको अवधारणा र कार्यादेश दिएका छौं । अगस्ट अन्तिम सम्ममा विद्यार्थीहरूले अवधारणा सहित फिल्ड भिजिट र डिजाइन तयार गर्नुहुन्छ ।’ कलेजकी आर्किटेक्चर विभागकी सहायक प्राध्यापक स्वेता अमात्यले बताए। उनका अनुसार प्रतियोगितामा यस पटक देखि कलेज तहबाट उत्कृष्ट तीन डिजाइन मात्र राष्ट्रिय प्रतियोगितामा छनौट हुने छ।

    स्नातक तहको चौथो वर्षमा अध्ययनरत आर्किटेक्चर विद्यार्थीहरू विचको प्रतिष्पर्धामा कलेज तहमा उत्कृष्ट डिजाइनलाई आकर्षक नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिइने छ । क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ मा कलेजकी विद्यार्थी पुजा राई सर्वोत्कृष्ट हुँदै ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।

    आर्किटेक्चरहरूले हासिल गरेको ज्ञान, सीप र कलालाई प्रतियोगिताले राष्ट्रिय लेवलमा उजागर गर्ने अपेक्षा गरिएको कलेजका आर्किटेक्चर विभागका प्राध्यापक दीपक पन्तले बताउनु भयो । राष्ट्रिय प्रतियोगितामा देशभरका १२ आर्किटेक्चर कलेजका विद्यार्थीहरूको प्रतिष्पर्धा हुनेछ ।

    नेक(आर्किटेक्चर विभाग सन् २०१२ देखि एसियन पेन्ट्स नेपालसँग आबद्ध छ । जहाँ सन् २००८ ब्याचको लागि पहिलो एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिता गरिएको थियो ।

    शीर्ष १५ विजेताहरूले एशियन पेन्ट्स नेपालको वार्षिक क्यालेन्डर मार्फत वास्तुकला उद्योगमा एक्सपोज पाउने छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ ।

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १२:१९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij