Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

रुसमा १९५२ पछि कै शक्तिशाली भूकम्प, जापानमा सुनामी

रुसमा १९५२ पछि कै शक्तिशाली भूकम्प, जापानमा सुनामी


  • 1.3K
    Shares

    रुसमा  १९५२ पछि कै शक्तिशाली भूकम्प,  जापानमा सुनामी

    काठमाडौं । रुसमा शक्तिशाली भूकम्पपछि जापानमा सुनामी आएको छ। जापानको स्थानीय प्रसारक एनएचकेका अनुसार सुनामीका छाल होक्काइदो  प्रान्तको उत्तरी भागमा आइपुगेको हो।

    छाल झन्डै १२ इन्चसम्म रहेको अनुमान गरिएको छ। सुनामीले होक्काइदोको उत्तरपूर्वी भागमा अवस्थित बन्दरगाह सहर नेमुरोलाई प्रहार गरेको छ।  जापानी अधिकारीहरूले पहिले नै सुनामीको छाल धेरै उच्च हुन सक्ने चेतावनी जारी गरेका थिए। 

    जापानी प्रधानमन्त्री सिगेरु इसिबाले अधिकारीहरूले परिस्थितिको मूल्यांकन गरिरहेकोू बताएका छन्। उनले उद्धारमा  मानिसहरूलाई प्राथमिकता दिइनेु बताएका छन्।

    अहिलेसम्म कुनै हताहतको पुष्टि भएको छैन। प्रधानमन्त्री इसिबाले नागरिकहरूलाई तटबाट टाढा रहन र उच्च क्षेत्रमा सर्न अपिल गरेका छन्।

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - ०९:२९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij