Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

रसुवा बाढीमा पौने ८४ करोड बढीको बीमा दाबी, कुनमा कति पर्यो ?

रसुवा बाढीमा पौने ८४ करोड बढीको बीमा दाबी, कुनमा कति पर्यो ?


  • 1.5K
    Shares

    रसुवा बाढीमा पौने ८४ करोड बढीको बीमा दाबी, कुनमा कति पर्यो ?

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा असार अन्तिम साता आएको भीषण बाढी पहिरोका कारण भएको क्षतिको बीमा दाबीको अध्यावधिक विवरण सार्वजनिक गरेको छ।

    नेपाल बीमा प्राधिकरणका अनुसार यो तथ्याङ्क गत साउन ८ गतेसम्मको प्रारम्भिक विवरण हो । बाढीले धेरै घर, गाडी, पसल लगायतका अन्य भौतिक संरचनाहरु बगाएको थियो । सोही बाढी पहिरोको क्षतिबाट बीमा कम्पनीहरुको ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको ६८ वटा दावी परेको छ ।

    तथ्यांकअनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा सर्वाधिक ५५ करोड, शिखर इन्स्योरेन्समा १२ वटा दाबीको १६ करोड ८५ लाख रुपैयाँबराबर क्षतिपूर्ति माग भएको छ।

    सगरमाथा लुम्बिनीले ३ करोड ४१ लाख ५० हजार,नेपाल इन्स्योरेन्सले १ करोड २८ लाख ५० हजार र नेको इन्स्योरेन्सले ५ करोड १२ लाख र नेपाल इन्स्योरेन्समा १२ लाख ८५ हजार रुपैयाँ बराबरको दाबी निवेदन प्राप्त गरेको छ भने यो १२ वटा दाबीको रहेको छ ।

    हालसम्म सर्वाधिक दाबी सम्पत्ति बीमातर्फ परेको छ भने सम्पत्ति बीमामा बीमकहरुले ६ वटा दाबीको ५८ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने देखिएको छ। सामुन्द्रिक बीमामा १६ करोड २३ लाख १० हजार, इन्जिनियरिङ ठेकेदार जोखिम अन्तर्गत ५ करोड ४० लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।

    सार्वजनिक तथा निजी गरि कुल ५२ वटा बीमा बीमालेखमा दावी परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ३८ वटा सार्वजनिक र १४ वटा निजी मोटर रहेका छन् । सार्वजनिक तर्फ २ करोड ५९ लाख ५० हजार र निजी मोटर बीमा अन्तर्गत २ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको दाबी पेश भएको छ ।

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १३:२६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij