२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । चार दलीय समाजवादी मोर्चाको बैठक आज दिउँसो बस्ने भएको छ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा ३ बजे बस्ने मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
विश्वकर्माका अनुसार समसामयिक राजनीतिबारे समीक्षा, मोर्चालाई थप प्रभावकारी बनाउने, नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल हुने भएको छ ।
मोर्चाको संयोजक समेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय मोर्चाको गतिविधि निष्क्रिय रहेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरूसँग भेटेर असन्तुष्टि पोखेका थिए ।
मोर्चाले चैत १५ गते काठमाडौंमा विरोधसभा गरेपछि त्यसयता कुनै कार्यक्रम गरेको छैन । विप्लवले पटक पटक बैठक बस्न आग्रह गर्दा पनि प्रचण्ड र नेपालले कुनै चासो नदिएकोमा असन्तुष्ट देखिन्छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij