Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मधेसमा हल्का वर्षा : गर्मी घट्यो, पानी संकट उस्तै

मधेसमा हल्का वर्षा : गर्मी घट्यो, पानी संकट उस्तै


  • 1.3K
    Shares

    मधेसमा हल्का वर्षा : गर्मी घट्यो, पानी संकट उस्तै
    images

    काठमाडौं । आइतबार दिउँसोदेखि  सोमबार बिहानसम्म मधेस प्रदेशका ४६ प्रतिशत भूभागकामा हल्कादेखि मध्यम वर्षा भएको छ । चरम खडेरीको कारण खानेपानी र सिँचाइ सङ्कटको सामना गरिरहेको मधेसमा हल्का पानी पर्दा तापक्रम केही घटेको छ । 

    जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल भन्छिन्, ‘पर्याप्त पानी पर्न सकेन, हल्का पानीले छारो मेटेको छ । तर यसले मधेसको खानेपानी र सिँचाई संकटलाई कम नगर्ने देखिन्छ ।’

    उनले मधेसको जमिन धेरै नै सुकेकोले पानी निरन्तर पर्दा मात्रै संकट हट्ने बताइन् । यद्यपि थोरै भनेपनि मधेसका जनताले गर्मीमा राहत पाएका छन् । 

    विभागको पूर्वानुमान अनुसार आज दिउँसो र राती पनि मधेसमा वर्षाको सम्भावना देखिँदैन ।   आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी प्रदेशको तराई भू–भाग तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    यस्तै सोमबार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - ११:११:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij