Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

यूएईमा मृत्यु हुने नेपालीको संख्या बढ्दो, एक वर्षमा ३१२ जनाले गुमाए ज्यान

यूएईमा मृत्यु हुने नेपालीको संख्या बढ्दो, एक वर्षमा ३१२ जनाले गुमाए ज्यान


  • 1.8K
    Shares

    यूएईमा मृत्यु हुने नेपालीको संख्या बढ्दो, एक वर्षमा ३१२ जनाले गुमाए ज्यान
    images

    काठमाडौं । बितेको एक वर्षमा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) मा ३१२ जना नेपालीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएका उनीहरूको यूएईमा मृत्यु भएको हो ।

    गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको यूएईको अबुधाबीस्थित नेपाली दूतावासको तथ्यांकले देखाउँछ ।

    आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९.२५ जना नेपालीको मृत्यु यूएईमा भएको थियो ।

    अबुधाबीस्थित नेपाली दूतावासका अनुसार, ०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७, ०८२ वैशाखमा ३५, जेठमा २० र असारमा ३१ नेपालीको मृत्यु भएको छ ।

    सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - ११:४१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij