२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा एमालेको पूर्व उपाध्यक्षको हैसियतमा उभ्याएकी छन् ।
नेकपा एमालेले भण्डारीको पार्टी सदस्यता खारेज गरेको घोषणा गरेपछि प्रस्ट पार्न शुक्रबार पत्रकार सम्मेलन गरेकी भण्डारी २ पेज लामो लिखित भाषण गरेकी थिइन् ।
भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको बताएकी छन् ।
जननेता मदन भण्डारी र नेकपा एमालेको सूर्य चिह्नअंकित ब्यानरमा पत्रकार सम्मेलन गरेकी भण्डारीले आफ्नो सदस्यता खोस्ने वा खारेज गर्ने पार्टीको निर्णय उत्तेजना र आवेगमा भन्दै त्यसलाई अपरिपक्व निर्णयको संज्ञा दिइन् छन् ।
उनले विषद् छलफल गरिकन विवेकसम्मत ढङ्गले निर्णय लिनुपर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म भएको भन्दै पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुने गरी गरिएको निर्णय वैध र परिपक्व हुनै नसक्ने बताइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij