Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राजनीति

नाउपाको केन्द्रीय समिति बोलाउन रञ्जितालाई २४ घण्टे अल्टिमेटम

नाउपाको केन्द्रीय समिति बोलाउन रञ्जितालाई २४ घण्टे अल्टिमेटम


  • 1.1K
    Shares

    नाउपाको केन्द्रीय समिति बोलाउन रञ्जितालाई २४ घण्टे अल्टिमेटम

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समिति बैठक बोलाउन २० नेताले अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।

    शुक्रबार नाउपाका पदाधिकारी तथा केन्द्रीय कमिटीका २० सदस्यको उपस्थितमा बसेको बैठकले पार्टी विधानको दफा ४१ को उपदफा ६ अनुसार बैठक बोलाउन अल्टिमेटम दिएको हो । 

    यसरी अल्टिमेटम दिने नेताहरूमा पुन्न बहादुर बुढा, विपद राम डगौरा, आलोक चौधरी, गंगाराम चौधरीलगायत छन् । पार्टीलाई गतिशील बनाउनका लागि केन्द्रीय समिति बैठक आवश्यक भएपनि रञ्जिताले बोलाउन आनाकानी गरेको उनीहरूको भनाइ छ । 

    आजको मितिले २४ घण्टाभित्र उनले बैठक नबोलाए ११ गतेका लागि काठमाडौँमा बैठक बस्ने समेत रञ्जितालाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १४:४२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij