Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजियो : रास्वपा

संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजियो : रास्वपा


  • 687
    Shares

    संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजियो : रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजिएको आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद विनीता कठायतले कुलिङ अफ पिरियड हटाउन खोज्नुले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजेको जस्तो देखिएको बताएकी हुन्  । कम्तीमा दुई वर्ष कुलिङ अफ पिरियड राख्न खोज्दा एमालेले राख्न नखोज्नुको कारण के रहेछ भन्दै उनले प्रश्न समेत गरिन् । 

    उनले कुलिङ अफ पिरियडलाई जनताले नजिकबाट हेरिरहेको भन्दै होस पुराउन सुझाव दिए । सांसद कठायतले भिजिट भिसा प्रकरणमा टालटुले अध्ययन समिति बनाएर झारा टार्न खोजिएको टिप्पणी गरिन् । यस विषयलाई अन्तर्राष्ट्रिय जगतले समेत गम्भीरतापूर्वक हेरिरहेकाले उच्चस्तरीय छानबिन समिति बनाउन उनले माग गरे । आफ्ना माग पुरा नभएकाले आन्दोलन जारी रहेको उनको भनाइ छ ।

    त्यस्तै बैठकमा राप्रपा सांसद धवलशम्शेर जबराले गत चैत्र १५ गते तीनकुने संविधानले दिएको अधिकार प्रयोग गर्दा राज्यका तर्फबाट अत्याधिक बल प्रयोग भएको दोहर्‍याए । उक्त घटनालाई लिएर झुटा मुद्दा लगाएको भन्दै उनले न्यायालयबाट न्याय पाउने विश्वास व्यक्त गरे । उनले उक्त घटनाको संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरे ।

    भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आन्दोलनरत रास्वपा र राप्रपाका सांसदले शुक्रबार पनि सदन बहिष्कार गरेका थिए । 

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १४:०२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij