Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राजनीति

कांग्रेस पदाधिकारी बैठकमा उठेन मन्त्री फेरबदलको विषय

कांग्रेस पदाधिकारी बैठकमा उठेन मन्त्री फेरबदलको विषय


  • 848
    Shares

    कांग्रेस पदाधिकारी बैठकमा उठेन मन्त्री फेरबदलको विषय

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी–पूर्वपदाधिकारी बैठकमा मन्त्री फेरबदल गर्ने विषय उठ्दै उठेन ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको बैठकमा मन्त्री फेरबदलबारे कुरा नउठेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । ‘मन्त्री फेरबदलको विषय बैठकमा उठ्दै उठेन,’ केसीले बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग भने । 

    बैठकमा रुपन्देही–३ को उपनिर्वाचनबारे छलफल भएको केसीले बताए । पदाधिकारी बैठकमा रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र ०७९ मा रुपन्देही ३ मा तत्कालिन गठबन्धनबाट उम्मेदवार रहेका बालकृष्ण खाणले त्यहाँको बस्तुस्थितबारे नेताहरूलाई जानकारी गराएको केसीले जानकारी दिए ।

    Shivam Cement‘मुख्यगरी बैठकमा उपनिर्वाचन हुन लागेको रुपन्देही–३ को बारेमा छलफल भयो । रुपन्देही सभापति लुम्बिनी प्रदेश सभापतिले त्यहाँको बस्तुस्थितबारे जानकारी गराउनुभयो,’ केसीले भने । 

    उम्मेदवार कसलाई बनाउने भन्नेबारे भने बैठकमा कुरा भएन । केसीले ०७९मा उम्मेदवार रहेका खाण पनि पुनः उम्मेदवार हुन सक्ने र अर्को उम्मेदवार पनि हुन सक्ने सम्भावना रहेको तर आजको बैठकमा उम्मेदवारबारे कुरा नभएको जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - ११:३०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij