Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर

वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर


  • 1.1K
    Shares

    वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
    images

     काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तिमगरले वर्तमान सरकार संविधान, विधिको शासन र संसदीय अभ्यासको मूल मर्मविपरीत चलेको आरोप लगाएका छन् ।

    प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद घर्तिमगरले यस्तो आरापे लगाएका हुन् । उनले सरकार नैतिक जगमा नअडिएको तथा संवैधानिक प्रक्रियाको पालना गर्न नखोजेको भन्दै तिव्र आलोचना गरेका छन् । उनले विधिको शासन, जनताको म्याण्डेट र संविधानको आत्मा उपेक्षित हुँदै गएको भन्दै गम्भीर चिन्ता गरेका छन् । 

    उनले भने, ‘सरकार न त नैतिक जगमा अडिएको छ नत संवैधानिक प्रक्रियामै । बरु यो सरकार सवैधानिक प्रक्रियाको योजनावद्ध र निर्लज्ज उल्लङ्घनमार्फत टिकाइएको सत्ताको दुर्गन्धित नमूना हो । संसदीय अभ्यास, विधिको शासन, जनताको म्याण्डेड र संविधानको आत्मा यी सबै आज उपहेलित, उपेक्षित र पदीय दुर्गन्धले ढाँकिएको अवस्था देखिँदैछ ।’

    सरकारमा सहभागि दलहरुले सर्मथन फिर्ता लिदा समेत सरकारले जनतालाई स्थायित्वको भ्रममा राखिराखेको उनको टिप्पणी रहेको छ । प्रधानमन्त्रीले संसदलाई सिंहदरबारको कार्यक्षेत्र जस्तै बनाएको उनको आरोप छ । उनले संसद जनताको भरोसा नभई सत्ताको थिएटर बन्न पुगेको टिप्पणी गरेका छन् ।
     

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - १४:३८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij