Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग

भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग


  • 1.1K
    Shares

    भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
    images

     काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधिन मन्त्री क्वाटरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग गरेको छ ।

    प्रतिनिधि सभाको बिहीवारको बैठकमा रास्वपा सांसद तोषिमा कार्कीले यस्तो माग गर्नुभएको हो । उनिले लामो समयदेखि बाटो सुनिश्चितताको माग गर्दै स्थानीय नागरिक संघर्षरत रहेपनि सरकारले जबरजस्ती गर्न खोजेको आरोप लगाएकी छिन् । सांसद कार्कीले सरकारल दमनकारी शैलीमा राज्य सञ्चालन गर्न खोजिरहेको पनि आरोप लगाएकी हुन् ।

    उनिले भनिन्, ‘यो सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजिरहेको छ । ललितपुरको भैंसेपाटीमा तीन तिर जस्तै पश्चिमतिर पनि ११ मिटर बाटो सुनिश्चित हुनुपर्छ भनेर नागरिकहरु वर्षौंदेखि संघर्षमा हुनुहुन्छ । तर हिजो अमस्मात २०० जना सशस्त्र प्रहरी उभ्याएर साँघुरो सडकमै बाउन्ड्री वाल निर्माण गर्न खोजियो । जनताकै जग्गा अघिग्रहण गरेर बनाइएको मन्त्री क्वाटरमा अब फेरि ठूलो आगन किन चाहियो रु त्यो जमिन छोड्दैमा मन्त्री क्वार्टर खुम्चिदैनन् । तर नागरिकको बाटो पाउने अधिकार खुम्चिन्छ ।’

    सांसद कार्कीले सरकारको जनआकाङ्क्षाविपरितका गतिविधिका कारण व्यवस्थामाथि खतरा उत्पन्न भएको पनि उनको भनाइ छ । दुई महिनादेखि आफूहरु आन्दोलनमा रहेपनि सरकारले संसदलाई कठ्पुतली बनाएर सञ्चालन गरिरहेको टिप्पणी गरीन् ।

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - १३:१३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij