Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

देशमा कम्युनिष्ट प्रधानमन्त्री छन् तर, काम भएन : माधव नेपाल

देशमा कम्युनिष्ट प्रधानमन्त्री छन् तर, काम भएन : माधव नेपाल


  • 1.5K
    Shares

    देशमा कम्युनिष्ट प्रधानमन्त्री छन् तर, काम भएन : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले परिणाम आउने गरी काम गर्न नसकेको बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अहिले देशमा कम्युनिष्ट प्रधानमन्त्री नै रहनुभएको तर देशमा परिणम आउने गरी काम गर्न नसकेको बताएका हुन् ।

    ‘अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहनुभएको छ । तर देशको अवस्था राम्रो छैन । जनतामा निराशा छ । परिणाम आउने गरी काम भइरहेको छैन,’ उनले भने ।

    उनले थपे, ‘कस्तो विडम्वना एक जना छाउपडी प्रथाको शिकार भएर मर्नुपरेको छ । त्यो समाजले हटाउन सकेको छैन । कम्युनिष्ट पार्टीहरू पनि त्यहाँ छन् तर हटाउन चाहँदैनन् ।’

    अध्यक्ष नेपालले नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने भन्नेमा बहस गर्न जरुरी रहेको बताए । ‘नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने त्यसमा बहस गरौँ ।

    अध्यक्ष नेपालले छुवाछुत, छाउपडी लगायतका प्रथाको अन्त्य गर्न जागरण अभियानको जरुरी रहेको बताए ।

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - १६:१७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij