Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राजनीति

विद्याकी छोरी उषा भन्छिन्: पार्टीलाई नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याउने रहेछन्

विद्याकी छोरी उषा भन्छिन्: पार्टीलाई नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याउने रहेछन्


  • 2.9K
    Shares

    विद्याकी छोरी उषा भन्छिन्: पार्टीलाई नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याउने रहेछन्

    काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेशमा रोक लगाएपछि उनकी पुत्री उषाकिरण भण्डारीले दिक्दारी पोखेकी छन् । पार्टीको यो निर्णय र निर्णयमा पुग्न गरिएको तिगडम दुवैबाट आफू अचम्भित भने नबनेको उनको टिप्पणी छ ।

    सामाजिक सञ्जलमा स्टाटस लेख्दै भण्डारीले आफ्नो भावना पोखरेकी हुन् । उनले लेखेकी छन्, ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ रु निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीँ अच्चमित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो ।’

    उनले आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेको सन्दर्भ पनि जोडेकी छन् ।

    ‘कस्तो संयोग १ मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवारले एमालेमा नैतिक समर्थन गर्न पनि देखिनेगरि प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिनेगरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो । तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउनेरहेछन् । र, नैतिक समर्थन खोज्दैनन् पनि ।’ भण्डारीले भनेकी छन् ।

    यो ज्ञानको बोझ आज बिसाउने मौका यो प्रकरणले दिएको बताउँदै उनले यो प्रकरणलाई धन्यवाद दिएकी छन् ।

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - १३:१६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij