Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एमालेले पारित गरेका ८ प्रस्ताव (पूर्णपाठ सहित)

एमालेले पारित गरेका ८ प्रस्ताव (पूर्णपाठ सहित)


  • 575
    Shares

    एमालेले पारित गरेका ८ प्रस्ताव (पूर्णपाठ सहित)

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ८ प्रस्ताव पारित गर्दै सकिएको छ । सोमबार र मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ७ वटा महत्वपूर्ण निर्णयसँगै शोक प्रस्ताव पारित गरेको हो ।

    एमालेले केन्द्रीय कमिटीबाट पार्टीमा सक्रिय भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी निर्णय गरेको छ । भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको भन्दै एमालेले यो सम्भव नहुने निष्कर्ष निकालेको छ ।

    दैलेखमा मिथेन ग्याँस भण्डारण भएको पुष्टि भएको, श्रमिकहरूको ज्याला बढेको, राजावादीहरुको आन्दोलन असफल भएको, सहकारीमा भएको बेथितिको सम्बोधन भइरहेकोले नागरिकमा आशा बढेको एमालेको निष्कर्ष छ ।

    एमालेले नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै सरकारलाई प्रभावकारी बनाउन गठबन्धनका दलहरुलाई आह्वान पनि गरेको छ ।

     

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - ०९:३१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij