Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजतन्त्र फाल्यौँ, क्रान्तिकारी पार्टी बनाउन सक्यौँ तर घुस नखाने राज्य संयन्त्र बनाउन सकेनौँ : घनश्याम भुसाल

राजतन्त्र फाल्यौँ, क्रान्तिकारी पार्टी बनाउन सक्यौँ तर घुस नखाने राज्य संयन्त्र बनाउन सकेनौँ : घनश्याम भुसाल


  • 2.0K
    Shares

    राजतन्त्र फाल्यौँ, क्रान्तिकारी पार्टी बनाउन सक्यौँ तर घुस नखाने राज्य संयन्त्र बनाउन सकेनौँ : घनश्याम भुसाल
    images

    काठमाडौं । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बाल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्र ल्याउन सङ्घर्ष गरेका दलहरूले घुस खान नसकिने संयन्त्र बनाउन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । 

    उनले पञ्चायत कालमा लडेका, राजतन्त्र फालेर गणतन्त्र ल्याउन सक्ने क्रान्तिकारी पार्टीले कुशासन अन्त्य गर्ने संयन्त्र बनाउन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् । 

    उनले भने, ‘हामीले पञ्चायतकालका विरुद्ध लड्यौँ । राजतन्त्र फालेर गणतन्त्र ल्याउन सक्यौँ । ठुल्ठुला आन्दोलनमार्फत क्रान्तिकारी पार्टी बनाउन सक्यौँ । तर घुस नखाने राज्य संयन्त्र बनाउन नसकिने रहेछ । घुस खाने र पार्टी कब्जा गर्न गुटबन्दी नगर्न नसकिने रहेछ’, । 

    कम्युनिस्ट पार्टीले राजाको विरुद्ध सङ्घर्ष गरेको होइन दलाल पुँजीवादको विरुद्ध लडेको हो । आज पनि दलाल पुँजीवादसँग मिलेर घुस खान सकिन्छ ।

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - १५:२०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij