२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा मंगलबार नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्व नयाँ संविधान कार्यान्वयनमा भन्दा सत्ताको कुर्सी प्राप्तितिर लागेकाले जनतामा निराशा बढेको बताएका छन् ।
आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थमा पार्टनरसिप गर्नु दुर्भाग्यपूर्ण भएको जिकिर गरेका हुन् ।
उनले भने, ‘हामीले राज्यपुर्नसंरचनाको कुरा उठाएका थियौँ । तर त्यतातिर लागेनौँ । हामी हतारमा सत्ताको कुर्सी प्राप्तिमा लाग्यौँ । जसले गर्दा नयाँ संविधान कार्यान्वयन गर्न सकिएन । पुरानै राज्य संरचना, माइड सेटले नयाँ संविधानको कार्यान्वयन, जनताको अधिकारको कार्यान्वयन गर्न उनीहरू तयार भएनन्’,। यो दुर्भाग्यपूर्ण स्थिति हो ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij