Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

चाक्सीबारीको छलफलबारे जानकारी गराउन कांग्रेसका पूर्वपदाधिकारीहरू देउवा निवासमा

चाक्सीबारीको छलफलबारे जानकारी गराउन कांग्रेसका पूर्वपदाधिकारीहरू देउवा निवासमा


  • 1.1K
    Shares

    चाक्सीबारीको छलफलबारे जानकारी गराउन कांग्रेसका पूर्वपदाधिकारीहरू  देउवा निवासमा
    images

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू सभापति शेरबहादुर देउवा निवास पुगेका छन्। सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलको निष्कर्ष पार्टी सभापति शेरबहादुर देउवालाई सुनाउन उनकै निवास बूढानीलकण्ठ पुगेका हुन्।  

    सोमबार नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा शशांक कोइराला, गोपमानमा श्रेष्ठ, विजय गच्छदार र डा प्रकाशशरण महत चाक्सीबारीमा जुटेका थिए।

    छलफलमा उनीहरूले एमाले-कांग्रेसको सहमतिअनुसार संविधान संशोधनसहितका कामहरू अघि नबढेको, सभापति देउवाले पनि गम्भीर विषयमा आफूहरूसँग छलफल नगरेको र नेता शेखर कोइरालाको सक्रियताको विषयमा छलफल गरेका थिए। 

    यस विषयमा उनीहरूले देउवासँगै भेटेर कुरा गर्ने निष्कर्ष पनि निकालेका थिए। सोहीअनुसार आज उनीहरू देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन्।  

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - ११:०३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij