Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

एमाले केन्द्रीय कमिटी बैठक आज सकिदै, अधिकांस केन्द्रीय सदस्य ओलीको पक्षमा

एमाले केन्द्रीय कमिटी बैठक आज सकिदै, अधिकांस केन्द्रीय सदस्य ओलीको पक्षमा


  • 1.3K
    Shares

    एमाले केन्द्रीय कमिटी बैठक आज सकिदै, अधिकांस केन्द्रीय सदस्य ओलीको पक्षमा
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज पनि केन्द्रीय सदस्यहरुले बोल्नेक्रम जारी रहनेछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो देखि सुरु भएको बैठक आज पनि जारी रहने पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    गौतमका अनुसार हिजो गण्डकी,मधेस र सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको छ । पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको विधान संसोधन सम्बन्धी प्रस्तावमा आज पनि छलफल जारी रहेको छ ।

    आज बाँकी केन्द्रीय सदस्यहरुले सो प्रस्तावमा आफ्नो धारणा राख्ने कार्यसुची छ । बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । पार्टी सचिवालय र पोलिटव्यूरो बाहेकका सदस्यहरुले मात्र बैठकमा धारणा राख्न पाउनेछन् । उपल्लो कमिटीले आफ्ना आफ्ना कमिटीमा धारणा राखिसकेकोले यो बैठकमा उनीहरुलाई समय उपलब्ध नगराइएको गौतमले जानकारी दिए । 

     हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटघाट,समसामकिय राजनीतिक विषयवश्तु र सकारको एकवर्षे कार्यकालको उपलब्धी बारे बैठकलाई जानकारी गराए । यसैगरी उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटव्यूरोबाट पारित भएको विधान संसोधन सम्बन्धी प्रस्ताव बैठकमा प्रष्तुत गरेको थियो । महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवदेन पेश गर्दै पार्टीमा २८ प्रतिशत सदस्य वृद्धि भएको जानकारी दिएको थियो । 

     बैठकमा आज बाँकी केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् । कतिपय केन्द्रीय सदस्यले लिखित रुपमा धारणाहरु बुझाएका छन् । गौतमका अनुसार बैठकपछि समसामयिक प्रस्तावहरु सहितको एक घोषणा पत्र पनि सार्वजनिक गरिनेछ । केन्द्रीय समितीमा बोल्ने अधिकांस वक्ताहरुले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउन नहुने र मिसन ०८४ मा अध्यक्ष ओलीको नेतृत्वमा जाने पार्टीको यस अघिको निर्णय भएकोले त्यसलाई कार्यन्वयन गरेर जानु पर्ने धारणा राखेका छन् । हिजोको बैठकमा धारणा राख्ने ४९ जना मध्ये ४६ जनाले अध्यक्ष ओलीको निरन्तरताको माग गरेका थिए । बैठक बिहान ११ बजे देखि सुरु हुनेछ ।

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - ०७:४५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij