२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेबाट सुरु गर्ने भएको छ ।
रास्वपाको आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम कानुनी योग्यता पूरा गरेका व्यक्तिलाई सोही दिन बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्म दरखास्त गर्न सकिने बताएको छ ।
साथै, उपनिर्वाचन सम्बन्धी थप जानकारी आवश्यक भएमा पार्टीको केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला समितिसँग सम्पर्क तथा समन्वय गर्न अनुरोध गरेको छ ।
निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन घोषणा गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij