Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एमालेसँगको सहमति अनुरूप संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्छ: चाक्सिबारी बैठक निष्कर्ष

एमालेसँगको सहमति अनुरूप संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्छ: चाक्सिबारी बैठक निष्कर्ष


  • 2.1K
    Shares

    एमालेसँगको सहमति अनुरूप संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्छ: चाक्सिबारी बैठक निष्कर्ष

    काठमाडौं । नेपाली कांग्रेसका सात पूर्व पदाधिकारीहरूको बैठकले संविधान संशोधनको प्रक्रिया नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार गठनका बेला भएको सहमतिअनुरूप अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेका छन् । 

    उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री रहेका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा कांग्रेसका सात पूर्व पदाधिकारीले दुई दलबिचको सात बुँदे सहमतिअनुरूप संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेका हुन् । 

    बैठकपछि पूर्वमहामन्त्री सिटौलाले बैठकले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको जानकारी दिएका छन् । 

    त्यस्तै बैठकमा गठबन्धन सरकारले अझै राम्रो काम गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । सिटौलाले भने, ‘सरकारले जनताको हितमा अझै राम्रो काम गर्न सक्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’ उनले यसबारे उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसबारे बैठकको निष्कर्ष राख्ने र त्यसै अनुसारको पहल कदमी लिन आग्रह गर्ने पनि बताएका छन् । 

    बैठकमा पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सिंह र डा।शशांक कोइराला तथा पूर्वसहमहामन्त्री तथा वर्तमान कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत सहभागी थिए । 

      

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १६:१९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij