Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एमाले बैठक : ओलीले गरे समसामयिक राजनीतिक ब्रिफिङ, विष्णु पौडेल र शंकर पोखरेलकाका दुई प्रतिवेदन पेश

एमाले बैठक : ओलीले गरे समसामयिक राजनीतिक ब्रिफिङ, विष्णु पौडेल र शंकर पोखरेलकाका दुई प्रतिवेदन पेश


  • 2.4K
    Shares

    एमाले बैठक : ओलीले गरे समसामयिक राजनीतिक ब्रिफिङ, विष्णु पौडेल र शंकर पोखरेलकाका दुई प्रतिवेदन पेश

    काठमाडौं । आजबाट सुरु भएको सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन र संगठनात्मक प्रतिवेदन पेश भएको छ ।

    बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन पेस गरेका छन् भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका छन् ।

    पार्टीका पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिबारे ब्रिफिङ गरेका थिए ।

    बैठकमा उनले माओवादी केन्द्रसँग एकता गरेदेखि यता कम्युनिष्ट आन्दोलनमा देखा परेको समस्या, माधव नेपाल–झलनाथ खनाल लगायतका नेताहरूले दिएको धोका लगायतका विषयमा ब्रिफिङ गरेका छन् ।

    पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीलाई समेत प्रवेश गर्न दिइएको छैन अहिले सञ्चारकर्मीहरू गेट बाहिर नै कुरिरहेका छन् ।

     

     

     

     

     

     

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १५:०३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij