२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसका सात पूर्व पदाधिकारीहरूको बैठक बोलाइएको छ । कांग्रेस नेता एवं सरकारका उपप्रधानन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बोलाइएको हो । नेता सिंहले संयोजन गरेर दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो ।
पूर्व पदाधिकारीहरुको महाधिवेशनमा छुट्टै समीकरण गर्ने गरी छलफलमा जुटेका नेताहरुको विगतकै निरन्तरका रुपमा सोमबार बैठक आह्वान गरिएको छ ।
पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा प्रकाशशरण महतले यसअघि पनि छलफलमा गर्दै आएका छन् ।
सात नेताले महाधिवेशनमा एउटा प्यानल बनाउने विषयमा पनि छलफल हुने बताइएको छ । सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारको बारेमा आज थप छलफल हुने सोही समूहका एक नेताले जानकारी गराएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij