Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राजनीति

च्यासलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरू

च्यासलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरू


  • 925
    Shares

    च्यासलमा  एमालेको केन्द्रीय कमिटी बैठक सुरू

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी बैठक सुरू भएको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदाबारे छलफल हुनेछ ।

    बैठकको सुरुवमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक, सरकारको एकवर्ष, पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकका निर्णयबारे जानकारी गराउनेछन् ।

    महासचिव शंकर पोखरेलले सांगठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्नेछ । विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

    प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् ।

    पार्टीको साउन १ गते बसेको सचिवालय, २ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ । केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ ।

    यही बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे पनि निर्णय लिनेछ । भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयलाई लिएर एमालेभित्र चर्को मतभेद छ ।

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - ११:३९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij