Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लेखेर राख्नुस्, विद्या भण्डारी एमालेको अध्यक्ष कुनै पनि हालतमा बन्नसक्नु हुन्न

लेखेर राख्नुस्, विद्या भण्डारी एमालेको अध्यक्ष कुनै पनि हालतमा बन्नसक्नु हुन्न


  • 1.8K
    Shares

    लेखेर राख्नुस्, विद्या भण्डारी एमालेको अध्यक्ष कुनै पनि हालतमा बन्नसक्नु हुन्न

    काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार अपरान्ह एकघण्टा लामो भेटवार्ता भयो। 

    त्यसअघि शनिबार एमाले पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीबारे आफैले कुराकानी गर्ने र त्यसपछि पार्टी केन्द्रीय कमिटीले निर्णय गर्ने उल्लेख गरेका थिए। सोही अनुसार नै प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो। 

    अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच के कुराकानी भयो होला? ओलीसँगको भेटपछि भण्डारीले पार्टीमा कुनै महत्त्वपूर्ण जिम्मेवारी पाउलिन्? वा उनले नवीकरण गरेको सदस्यतालाई मान्यता नदिएर एमाले राजनीतिमा उनलाई निरुत्साहित गरिएला? 

    शनिबार पोलिटब्युरो बैठक समापनका क्रममा भण्डारीको सदस्यता र जिम्मेवारीबारे ओली जुन रूपमा प्रस्तुत भए, त्यसलाई आधार मान्ने हो भने आइतबारको भेटवार्तामा जिम्मेवारीबारे भण्डारीलाई ओलीले के जवाफ दिए होलान् भन्ने अनुमान लगाउन सकिन्छ। 

    नाम उल्लेख गर्न नचाहने एक पोलिट्ब्युरो सदस्यका अनुसार, पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व (अध्यक्ष) पाउने कुनै सम्भावना नरहेको दाबी ओलीले गरेका थिए। ‘लेखेर राख्नुस्, विद्या भण्डारी एमालेको अध्यक्ष कुनै पनि हालतमा बन्नसक्नु हुन्न,’ ओलीको ठोकुवा नै थियो।

    यस्तो ठोकुवा गर्नुअघि ओलीले राष्ट्राध्यक्ष, नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु पूर्णतः गलत रहेको बताएका थिए। 

    उनले ‘पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष बन्नै नसक्ने’ ठोकुवा मात्र गरेनन्, एमालेमा रहुन्जेलसम्म आफू ‘फस्टम्यान’ कै रूपमा रहने दाबी पनि गरे। 

    ‘यो कुरा पनि बुझिराख्नुस्, अब केपी ओली एमालेमा कसैको सेकेन्डम्यान भएर बस्दैन,’ ओलीको भनाइ थियो, ‘सेकेन्डम्यान हुने अवस्था आयो भने छोडेर हिँड्छु...।’

    ओलीको यो चेतावनी एमाले राजनीतिमा फर्केर एमाले अध्यक्ष बन्ने पूर्वराष्ट्रपति भण्डारीको योजनाप्रति लक्षित थियो। 

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - २०:४०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij