Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको भेटवार्ता सकियो

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको भेटवार्ता सकियो


  • 1.2K
    Shares

    प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको भेटवार्ता सकियो

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

    उनीहरूबीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको थियो । उक्त छलफल भर्खरै सकिएको हो ।

    उनीहरूबीच करिब २ घण्टा एक्लाएक्लै छलफल भएको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिएका छन् ।

    छलफलका लागि पूर्वराष्ट्रपति भण्डारी करिब साढे ३ बजेतिर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेकी थिइन्। अध्यक्ष ओली भने करिब ४ बजेतिर कार्यालय आएपछि उनीहरूबीचको एक्लाएक्लै छलफल सुरु भएको थियो।

    छलफल सकिएपछि भण्डारी च्यासलबाट बाहिरिसकेकी छिन् भने अध्यक्ष ओली भने कार्यालयमै छन्।

    दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए।

    बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए। ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठक अघि नै यसलाई टुंग्याउनुपर्ने ‘म्यान्डेट’ अनुसार ओलीले भण्डारीसँग छलफल थालेका हुन्। 

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १६:५९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij