Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष पहिल्यै नै भइसक्यो: उपाध्यक्ष पाण्डे

पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष पहिल्यै नै भइसक्यो: उपाध्यक्ष पाण्डे


  • 2.4K
    Shares

    पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष पहिल्यै नै भइसक्यो: उपाध्यक्ष पाण्डे

    काठमाडौं ।  नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष पहिला नै भइसकेको बताएका छन् ।

    आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबिचको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले एक वर्ष पहिलाको सचिवालय बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलले सदस्यता नवीकरण भइसकेको बताएका हुन् । 

    उनले भने, ‘अध्यक्षले बैठकको अन्त्यमा यसको बारेमा उहाँसहित बसेर हामी टुङ्गो गर्छौँ भन्नुभएको हो । यो बैठकको विषय होइन भनेर भन्नुभएको थियो ।

    उहाँको सदस्यता, उहाँको पार्टीमा आउने कुरा,राजनीतिक बारेमा म बसेर छलफल गर्छु भन्नुभएको हो । दुई वर्षअघि नै नवीकरण गरेँ भन्नुभएको छ । 

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १६:४४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij