Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न ओली पनि पुगे च्यासल

पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न ओली पनि पुगे च्यासल


  • 1.1K
    Shares

    पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न ओली पनि पुगे च्यासल

    काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी करिब १० वर्षपछि पहिलो पटक एमाले कार्यालय पुगेकी हुन् । 

    राष्ट्रपति बनेपछि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएकी भण्डारी आज दिउँसो एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी हुन् । भण्डारी च्यासल पुग्दा उनलाई उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयमा सचिव डा। भीष्म अधिकारीले स्वागत गरेका थिए । 

    भण्डारी च्यासल पुगेको आधा घण्टापछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि च्यासल पुगेका छन् । ओली च्यासल पुगेसँगै दुई नेताबिच छलफल सुरु भएको छ ।  एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूको बाक्लो भिड रहेको छ ।

     

     

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १५:२७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij