Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राजनीति

च्यासल पुगिन् विद्या

च्यासल पुगिन् विद्या


  • 1.1K
    Shares

    च्यासल पुगिन् विद्या

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले मुख्यालय च्यासल पुगेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने आउन बाँकी छ । दुईजनाबीच ३ बजे भेट तय भएकोमा प्रधानमन्त्रीको व्यस्तताले एक घण्टा सरेको छ ।

    अहिले उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग अनौपचारिक कुराकानीमा छिन् । भण्डारीको सदस्यताको विषय उठिरहँदा दुईजनाबीच हुन लागेको भेटलाई चासोका साथ हेरिएको छ ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भण्डारीको सदस्यता र जिम्मेवारीबारे संस्थागत निर्णयअघि अध्यक्ष ओलीले छलफल गर्ने तय भएअनुसार भेटघाट हुन लागेको बताएका छन् ।

    एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याको विषयले पछिल्लो समय पार्टी बैठकमा बहस चर्काएको छ । भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी छन् । तर, पदाधिकारी बैठकमा उनको सदस्यता नवीकरण नभएको ओलीले खुलासा गरेका थिए ।

    हिजो पोलिटब्युरो बैठकपछि विद्याको सदस्यता पेण्डिङमा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका थिए ।

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १४:४७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij