२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका छन् ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी, कानुन विभागका सदस्यहरूले आइतबार आयोग पुगेर अध्यावधि ढिलाइ भएकोप्रति चासो व्यक्त गरेका हुन् ।
यस विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कागजात अध्ययनकै क्रममा रहेकाले अध्यावधि गर्न ढिलाइ भएको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताएका छन् ।
असार ७ गते रास्वपाले महामन्त्री बुर्लाकोटी र प्रवक्ता मनिष झालाई बनाउने निर्णय गरेको थियो । तर पार्टीको निर्णयलाई चुनौती दिँदै पूर्व महामन्त्री डा।मुकुल ढकालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उनले आफू नै रास्वपाको महामन्त्री रहेको दाबी गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij