Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

Miss Grand Nepal को मुकुट रामेछापले लैजाने पक्का–पक्की! अग्रस्थानमा छिन् चाहना प्रधान

Miss Grand Nepal को मुकुट रामेछापले लैजाने पक्का–पक्की! अग्रस्थानमा छिन् चाहना प्रधान


  • 11.1K
    Shares

    Miss Grand Nepal को मुकुट रामेछापले लैजाने पक्का–पक्की! अग्रस्थानमा छिन् चाहना प्रधान

    राजधानीको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा शनिबार आयोजना हुने Miss Grand Nepal 2025 को ग्रान्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताको माहोल तातिरहेको बेला रामेछापकी छोरी चाहना प्रधान (Contestant No. 01) ले अत्यन्त सशक्त र प्रभावशाली उपस्थिति जनाउँदै ताज जित्ने प्रबल सम्भावना देखाएकी छन्।

    सानैदेखि व्यवसायिक सोच, नेतृत्व क्षमता र सौन्दर्य चेतनाप्रति रुचि राख्दै आएकी चाहना प्रधान अहिले आफूलाई राष्ट्रिय स्तरमा प्रमाणित गर्ने अवसरमा पुगेकी छिन्। उनले आजसम्मको आफ्नो परिश्रम, प्रतिभा र आत्मविश्वासको उच्चतम प्रदर्शन गर्दै अग्रपंक्तिमा स्थान बनाएकी छन्।

    उनले भनेकी छन्:
    "म यो मञ्चलाई केवल सौन्दर्य प्रतियोगिता होइन, सामाजिक परिवर्तन ल्याउने अवसरको रूपमा हेर्छु। म विश्वास गर्छु – यो ताज मेरो शिरमा आउँछ र त्यसपछि मैले समाजमा अझ सकारात्मक भूमिका खेल्नेछु।"

    भोलि शनिबार (2082 साउन 3) हुन लागेको फिनालेमा निर्णायकहरूको नजर, दर्शकहरूको समर्थन र राष्ट्रिय मञ्चमा चाहनाको प्रस्तुति निर्णायक बन्नेछ। उनले प्रस्तुत गर्दै आएको आत्मविश्वास, समाजप्रतिको सोच र व्यक्तित्वले Miss Grand Nepal को आगामी प्रतिनिधित्व गर्ने सम्भावना उनैमा केन्द्रित गरिरहेको देखिन्छ।

    यदि उनले यो ताज जित्न सफल भइन् भने, रामेछाप मात्र होइन, देशभरिका युवतीका लागि प्रेरणाको पात्र बन्नेछिन्। चाहनाको जितले व्यवसाय, सौन्दर्य र सामाजिक सेवाको संगम कसरी एक व्यक्तिमा संभव छ भन्ने उदाहरण प्रस्तुत गर्नेछ।

    चाहना प्रधानको सम्भावनालाई साथ र समर्थन दिऔँ – ताज रामेछाप आउछ।

    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - १६:३८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij