२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष पौडेलले विधानमा गर्नुपर्ने हेरफेरसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
पौडेलपछि महासचिव शंकर पोखरेलले संगठनसम्बन्धी प्रतिवेदन पेस गरिरहेका छन् । ‘उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्तावको प्रस्तुति सकेर महासचिव शंकर पोखरेलले तयार पारेको संगठनात्मक प्रतिवेदनको प्रस्तुति भइरहेको छ’, बैठकमा सहभागी एक पोलिटब्युरो सदस्यले भने, ‘त्यसपछि राजनीतिक प्रतिवेदन पेस हुनेछ ।’
त्यसपछि तीनवटै प्रतिवेदनमा छलफल हुने बताइएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका केही नेताहरूले विधानको हेरफेरप्रति असन्तुष्टि जनाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij