Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

पार्टीपंक्तिलाई प्रचण्डको निर्देशन- सडक संघर्षमा जानुपर्ने हुनसक्छ, तयार रहनू

पार्टीपंक्तिलाई प्रचण्डको निर्देशन- सडक संघर्षमा जानुपर्ने हुनसक्छ, तयार रहनू


  • 939
    Shares

    पार्टीपंक्तिलाई प्रचण्डको निर्देशन- सडक संघर्षमा जानुपर्ने हुनसक्छ, तयार रहनू

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीसँग निर्वाचन प्रणाली र संविधान संशोधनको स्पष्ट धारणा रहेको बताएका छन्। नेपाल मतदाता अधिकार मञ्चले प्रचण्डलाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएपछि यस्तो बताएका हुन्।

    पेरिसडाँडामा आएका प्रतिनिधिसँगको भेटमा प्रचण्डले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको बताए। मतदाता अधिकार मञ्चले उठाएका मुद्दाहरू सकारात्मक रहेको उल्लेख गर्दै, यस्ता मागहरू केवल सुझाव पत्रमार्फत नेताहरूलाई बुझाएर मात्र पूरा नहुने बताए।

    परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने भन्दै उनले भने, ‘परिवर्तनको पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेन्डा सफल हुनेछन्। मतदाता अधिकार मञ्चको यो पहल सकारात्मक छ। यस्ता माग र सुझावहरू नेताहरूलाई बुझाएर मात्र परिवर्तन सम्भव हुँदैन।’

    जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान पनि तयार रहेको बताए। उनले थपे, ‘तपाईँहरू पनि त्यसको लागि तयारी अवस्थामा रहनुहोला। त्यसको तयारी गर्नुहोला ।’

    मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू अध्यक्ष प्रचण्डसमक्ष पेस गरेको छ ।

    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - १५:३२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij