२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा देशभरका मेनपावर कम्पनीहरुले कुल ३ लाख ५९ हजार ६९६ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाएका छन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ सय ५९ कम्पनीबाट ३ लाख २५ हजार १९९ जना पुरुष र ३४ हजार ४९७ महिला विदेश गएका हुन् ।
मेनपावर कम्पनीबाट वैदेशिक रोजगारीमा जाने महिलाको हिस्सा १० प्रतिशतभन्दा पनि कम रहेको छ ।
वैदेशिक रोजगारीमा धेरै पठाउनेमा नीलकमल ह्युमन रिसोर्स प्रा।लि। शीर्ष स्थानमा देखिएको छ । नीलकमल ह्युमन रिसोर्सले ८ हजार ६७३ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ ।
यस्तै दोस्रोमा प्याराडाइज इन्टरनेशनलले ८ हजार ६०८ जना, तेस्रो स्थानमा रहेको एसओएस म्यानपावरले पनि ७ हजार ८५४ जना पठाएको छ ।
चौथो स्थानदेखि भने संख्यामा ठूलो गिरावट देखिन्छ । लिंक इन्टरनेशनलले करिब ५ हजार कामदार पठाउँदा त्यसपछिका कम्पनीहरूले ३ देखि ४ हजारको बीचमा कामदार पठाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij