Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

मोर्चाले साउन १८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने

मोर्चाले साउन १८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने


  • 897
    Shares

    मोर्चाले साउन १८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने
    images

    काठमाडौं । सात दलीय सङ्घीय लोकतान्त्रिक मोर्चाले साउन १८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

    काठमाडौंबाट सुरु हुने  अन्तरक्रिया सात वटै प्रदेशमा गर्ने तय भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले बताए । काठमाडौंमा साउन १८ गते हुने कार्यक्रमको तयारीमा मोर्चा जुटेको बताउँदै उनले त्यसको तयारीका लागि भोलि शनिवार मोर्चाको बैठक बोलाएको बताए ।

    बैठकमा मोर्चामा आबद्ध दलका जिल्ला अध्यक्षहरूलाई पनि बोलाइएको छ । कार्यक्रम सफल बनाउनका लागि मोर्चामा आबद्ध दलका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने उनले बताए । अन्तरक्रियामा भूमि विधेयक, संविधान संशोधनलगायतका विषयमा छलफल हुने बताए ।

    भोलिको बैठकले मोर्चामा आबद्ध दलहरूलाई कार्यक्रमको जिम्मेवारी बाँडफाँड समेत गरिनेछ ।

    काठमाडौंपछि लुम्बिनी प्रदेशको भैरहवामा साउन २१, नेपालगन्जमा २३ गते, सुदूरपश्चिम प्रदेशको कैलालीमा २५ गते, कोशी प्रदेशको विराटनगरमा भदौ १६ गते, मधेस प्रदेशको राजविराजमा १८, जनकपुरमा २० र वीरगन्जमा २२ गते कार्यक्रम तयारी रहेको छ ।  

     

    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - ११:५८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij