Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

शेखर कोइरालासँग विद्या भण्डारीले मागिन् नैतिक समर्थन

शेखर कोइरालासँग विद्या भण्डारीले मागिन् नैतिक समर्थन


  • 1.1K
    Shares

    शेखर कोइरालासँग विद्या भण्डारीले मागिन् नैतिक समर्थन
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् । 

    भण्डारीको निजी निवास भंगालमा डा. कोइराला र भण्डारीबीच भएको पौने एक घण्टा लामो भेटवार्तामा विद्याले आफू राजनीतिमा हामफालेको भन्दै नैतिक समर्थन मागेकी छन् । 

    डा। शेखरले आफ्नो नैतिक समर्थन रहने आश्वासन दिँदै आफूले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा अलग पार्टीका तर्फबाट साथ दिन र बोल्न आग्रह गरेका छन् । 

    “वर्तमान सरकार गठन भएपछि भ्रष्टाचार नियन्त्र गरी सुशासन कायम हुने अपेक्षा गरेका थियौँ । तर, भ्रष्टाचारको दर घट्न सकेन,” डा. शेखरको भनाइ उदृत गर्दै सचिवालयले भन्यो, “म एक्लै बोलिरहेको छु । तर, परिणाम हासिल हुन सकेन । अब भ्रष्टाचारविरुद्ध तपाईंले पनि आफ्नो ठाउँबाट आवाज उठाउन सुरु गर्नुपर्‍यो ।” 

    दुई नेताबीच आआफ्नो ठाउँबाट साझा मुद्दामा सहकार्य गर्ने समझदारी कायम भएको बताइएको छ । दुई नेताबीच ‘वान अन वान’ वार्ता भएको थियो ।

    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - १०:५४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij