२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ।
बिहीबार साँझ प्रचण्ड निवास खुमलटार पुगेर कोइरालाले प्रचण्डसँग दुई घण्टा छलफल गरेका हुन्। प्रचण्ड र कोइरालाबीचको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
‘पछिल्लो समसामयिक राजनीति घटनाक्रमबारे उहाँहरुबीच छलफल भएको हो,’ प्रचण्डको सचिवालयका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने, ‘छलफलका क्रममा कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउनु भयो।’
एक वर्षअघिसम्म कोइराला संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने पक्षमा थिए। तर, अहिले उहाँ अहिले सरकारको कार्यशैलीबाट निराश बनेको आफले पाएको आचार्यले बताए।
‘वर्तमान सकारको एक वर्षे कार्यकालको मूल्यांकनपछि उहाँमा पहिलाको दृष्टिकोण परिवर्तन भएछ,’ कोइरालाले प्रचण्डसँगको वार्तामा भनेका विषय उद्धृत गर्दै आचार्यले भने, ‘दुई ठूला दल मिल्दा दुई तिहाइँ पुग्छ, यसबाट संविधान पनि संशोधन गर्न सकिन्छ, सुशासन पनि हुन्छ, विकास पनि हुन्छ भन्ने आशा थियो। तर एक वर्षको कार्यशैलीले त्यो देखाएन।’
आचार्यका अनुसार भेटमा कोइरालाले अध्यक्ष प्रचण्डले त्यतिबेलै दुई ठूला दललाई बिचौलियाले मिलाएका हुन् भनेर दिएको अभिव्यक्तिको पनि स्मरण गरे।
‘त्यतिबेले तपाईंले कांग्रेस एमालेलाई बिचौलियाले मिलाइ दिएका हुन्। यसबाट सुशासन झन् ध्वस्त हुन्छ, संविधानमाथि प्रहार हुन्छ, लोकतन्त्रमाथि खतरा हुन्छ। निराशा बढ्छ, गणतन्त्र विरोधीले फाइदा उठाउँछन भन्नुएको थियो। तपाईंले जे भन्नु भएको थियो, अहिले त्यही त्यही हुँदैछ,’ कोइलाले भने।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij