२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचारमा लिप्त रहिरहे सडकबाटै आन्दोलन गरेर प्रतिवाद गर्नुपर्ने अवस्था आउने बताएका छन् ।
बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाईसीएल अभियान’को औपचारिक उद्घाटन गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको बताए ।
सरकारको यस्तै रवैया रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर प्रतिवाद गर्ने अवस्था आउने उनको भनाइ छ । प्रचण्डले प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्टाचार उजागर गर्दै आएको बताए । सुशासनको विरुद्ध खडा भएको वर्तमान सरकार सम्पूर्णरूपमा देशलाई असफल बनाउने दिशातर्फ अघि बढेको उनको भनाइ छ ।
प्रचण्डले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरे । वाईसीएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रियरूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको ‘उत्पादन ब्रिगेड’को निरन्तरता भएको प्रचण्डले प्रष्ट पारे ।
उनले यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय भएको दाबी गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij