२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघिबाट बैठक बसिररहेको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् । आजको बैठकमा विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् ।
आजको बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ । जनसंगठनमा पनि वरिष्ठ पद हटाइएकाले पार्टीमा पनि नराख्ने कि भनेर बहस भइरहेको छ ।
पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आएपछि एमालेभित्र यतिबेला उमेर हद र दुई कार्यकालको व्यवस्थाको बहस पनि गर्माएको छ । सचिवालयलगत्तै भोलि पोलिटब्युरो र ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्दैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij